नेपालले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।
काठमाडौँ– क्यानडामा जारी त्रिकोणात्मक टी२० सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।
नेपालले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो। ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए।
नेपालका कुशल भुर्तेलले ३, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
यसअघि टसर हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५७ रन जोड्यो। नेपालको जितमा कप्तान रोहितले ४४ बलमा २ चौका र ४ छक्कासहित ५६ रनको योगदान दिए।
ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सन झा २ र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
