कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, बागमती र  गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

काठमाडौँ– देशभर मनसुनी वायु तथा भारतको उत्तर–पूर्व आसाम र आसपास बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र  गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

दिउँसो कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेश बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमतीका केशी स्थानमा भारी वर्षासमेत हुनेछ। कोशीको तराई भेगमा हुरी चल्ने पनि सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।