पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
मलेखु– साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।
त्रिभुवन राजपथको नौबिसे नागढुंगाखण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिनखण्डमा सवारीको चाप बढेको हो। बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपाल थोकसम्म सडक क्षतविक्षत छ।
बीपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशका सबै र मधेश प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वी राजमार्ग प्रयोग गरिरहेका छन्।
झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदै छ त्यसमाथि बीपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वी राजमार्ग झन् व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थपगरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।
पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका हुन्। सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ झापालगायत आवतजावत गर्ने सवारी नागढुंगा, धादिङको नौबिसे, चितवनको मुग्लिनबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिबास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्।
बीपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौँबाट पाँच घण्टामा बर्दिबास पुगिने भए पनि नागढंगा मुग्लिनको बाटो प्रयोग गर्नुपर्दा काठमाडौँबाट बर्दिबास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने माइक्रोबसका चालक हरिबहादुर राईले बताए। “टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिबासको बाटो जान पाउँदा बर्दिबास पुग्न पाँच घण्टा जति लाग्थ्यो। “पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्ने बाध्यता छ,” उनले भने।
चार दिनसम्म परेको निरन्तरको वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको छ। लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ भएका छन्। सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वी राजमार्गमा सवारीको चाप अत्यधिक भएको हो।
सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ। सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले जानकारी दिए।
पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्नसक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको पहिरोका कारण राजमार्ग एकतर्फी छ। त्यसमाथि चालकले लेन अनुशासन पालना नगर्दा झन् धेरै जाम भइरहेको छ। पछिल्लो दिनको अवस्था हेर्दा ट्राफिक प्रहरीले मात्रै दशैँको सवारी आवागमन सञ्चालन गराउन सक्ने अवस्था नरहेको नागरिक अगुवाको सुझाव छ।
चालकको लापरबाहीले गर्दा पनि सवारी जाम र दुर्घटना बढिरहेकाले राजमार्गको हरेक एक किलोमिटरमा कम्तीमा एक जना प्रहरी खटाएर चालकलाई कटाइका साथ ट्राफिक नियम पालना गराउनुपर्ने नागरिक अगुवा नरेश खतिवडाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
