जंगलबाट घाँस काटेर घर फर्किने क्रममा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङलाई हात्तीले आक्रमण गरेको हो।
झापा– हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ।
जंगलबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए। उनी बिहीबार बिहान स्थानीय रणकाली सामुदायिक वनमा घाँस काटेर फर्किँदै थिए।
“जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ। खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो,” सूचना अधिकारी चन्दले भने, “घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।”
झापामा केही वर्षयता जंगली हात्तीको आक्रमणबाट जंगल आसपासका बासिन्दाको मृत्यु हुने क्रम बढेको छ। जंगलमा घाँसदाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
