डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकी– गण्डकी प्रदेशमा हालसम्म एघार हजार ५९० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत सेप्टेम्बरमा मात्र ६ हजार ४३४ जनामा डेंगीको संक्रमण देखिएको छ। गत जनवरीमा जम्मा ७० जनामा डेंगी सक्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा संक्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो।
मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगीको संक्रमण दर बढ्दै गएको बताए। जुलाईमा ७२८ र अगस्टमा चार हजार ८३ जनामा डेंगी देखिएको उनले जानकारी दिए। सबैभन्दा बढी कास्कीमा पाँच हजार ९२८ र कम मनाङमा जम्मा दुई जनामा डेंगी संक्रमणको पुष्टि भएको हो।
शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा दुई हजार ७३८, पर्वतमा एक हजार ६३, गोरखामा ५९२, बागलुङमा ३९५, स्याङ्जामा ३९३, म्याग्दीमा १८९, नवलपुरमा १७४, लमजुङमा १०८ र मुस्ताङमा आठ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
डेंगीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन्।
डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ। असारदेखि कात्तिकसम्म डेंगी संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ। यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए।
महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै शुरू गरेको भए पनि डेंगी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ। “वर्षा रोकिएको केही दिनपछि डेंगीको संक्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ,” रेग्मीले भने।
चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको चिकित्सक बताउँछन्। समयमा उपचार नभए डेंगीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ। डेंगीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ।
डेंगी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ। डेंगीको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ। यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
