मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।
म्याग्दी– दशैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यस पटक सस्तो भएको छ। च्याङ्ग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यस पटक कृषकले नै बिक्री मूल्य घटाएका हुन्।
गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।
“ठाउँअनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ,” उनले भने, “गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ४५ हजार रुपैयाँभन्दा कम हुन्छ।”
गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगो हुँदा बिक्री नभएर नोक्सान बेहोरेको व्यापारीले गुनासो गरेका थिए।
छेवाङसहित डोल्पाका चार जना व्यापारीले मुस्ताङ हुँदै पाँच दिन हिँडेर २५० च्याङ्ग्रा बिक्री गर्न पोखरा लैजानका लागि बुधबार म्याग्दीको घोडेपानी पुगेका छन्। मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङ्ग्रा दशैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न शहर बजारमा पुग्न थालेका छन्।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँ लगायत ठाउँबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन्। जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थर मानिन्छ।
दशैँतिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार बुधवार सम्म सात हजार च्याङ्ग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन्।
यस वर्ष दशैँका लागि मुस्ताङबाट दश हजार च्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।
तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए।
विसं २०८० मा सात हजार, २०७९ मा ६ हजार ८००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
