दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।
दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको बिहीबार मृत्यु भएको इरानी सञ्चारमाध्यमले बताएका छन्।
सैन्य ‘सल्लाहकार’ मजिद दिवानी ‘तीन दिनअघि दमास्कसमा भएको इजरायली आक्रमणमा घाइते भएको’ र बिहीबार उनको मृत्यु भएको तस्निम न्युज एजेन्सीले जनाएको हो।
सिरियाका साथै लेबनानमा हालै इजरायलले गरेको आक्रमणमा आफ्नातर्फ धेरै मृत्यु भएको घोषणा गरेको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्सले दिवानीको मृत्युको भने पुष्टि गरेको छैन।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स युद्ध अनुगमनकर्ताका अनुसार मंगलबार दमास्कस क्षेत्रलक्षित इजरायली आक्रमणमा तीन सर्वसाधारण र तीन इरान समर्थित लडाकुसहित कम्तीमा ६ जनाको मृत्यु भएको थियो।
सन् २०११ मा सिरियाको गृहयुद्ध शुरू भएयता इजरायलले सिरियामा धेरै पटक आक्रमण गरेको छ। इजरायलले आक्रमणका क्रममा विशेष गरी सेनाका शिविर र इरानसमर्थित लडाकुलाई लक्षित बनाउने गरेको छ।
इजरायली अधिकारीले सिरियामा भएका व्यक्तिगत आक्रमणबारे बिरलै टिप्पणी गरेको भए पनि उनीहरूले सिरियामा इरानको उपस्थिति विस्तार रोक्ने बारम्बार वाचा गरेका छन्।
सिरियाली राष्ट्रपति बशर अल–असदको नजिकको सहयोगी इरानले भने सिरियामा आफ्नो लडाकु सेना नभएको बरु सैन्य सल्लाह र प्रशिक्षण प्रदान गर्ने अधिकृत मात्र रहेको बताएको छ।
इजरायललाई जिम्मेवार ठहर गरिएको शृंखलाबद्ध आक्रमणपछि इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति घटाएको बेलायतस्थित सिरियन अब्जर्भेटरीले अप्रिलमा बताएको थियो।
अप्रिलमै भएको एक आक्रमणमा दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासलाई लक्षित गर्दा दुई जनरलसहित सात रिभोल्युसनरी गार्ड मारिएका थिए। त्यसपछि इरानले अप्रिल १३ र १४ मा इजरायलमाथि पहिलो पटक प्रत्यक्ष आक्रमणमा उत्रिँदै क्षेप्यास्त्र र ड्रोनहरू प्रहार गर्यो।
यस साता तेहरानसमर्थित लडाकु नेताहरूको हत्या भएपछि इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्रसहित दोस्रो पटक आक्रमण गर्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
