बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।
गलकोट– बडादशैँको पहिलो दिन बिहीबार घरघरमा जमरा राखी घटस्थापना गरिएको छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।
तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैँ मनाउने अनौठो परम्परालाई निरनतरता दिएका छन्। उनीहरूले अनिष्टको भयले जमरा नराखी दशैँ मनाउँदै आएका छन्। देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैँ मनाउने गरेको पाइएको छ।
माझी समुदायले घरमा जमरा राखे दशैँ नै अशुभ हुने परम्परागत मान्यता आधारमा जमरा नराखी दशैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताए। पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दशैँमा जमरा नराख्ने गरिएको हो। करिब १५० वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छाडिएको आफूलाई बाबुबाजेले बताउँदै आएको उनको भनाइ छ।
खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रूपमा स्थापित भइसकेको छ। “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमरा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउँछ,” कृष्ण माझीले भने “जमरा नराखे पनि दशैँलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाले बताएका थिए।”
यहाँका १७ माझी परिवार कसैले पनि जमरा नराख्ने स्थानीय देउकुमारी माझीले बताइन्। जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उहाँको भनाइ छ। दशैँको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ।
दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रूपमा अन्य समुदायले लिँदै आएका छन्। माझीहरूले दशैँमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ। पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुंगा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
