सर्टलिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मन्त्रालयले शुक्रबार बिहान बोलाएको थियो।
काठमाडौँ– नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया फेरि रोकिएको छ। सेबोन अध्यक्ष छनोट सिफारिस समितिका संयोजक रहेका योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी बिरामी भएपछि प्रक्रिया रोकिएको हो। अर्को सूचना जारी नहुँदासम्म प्रक्रिया स्थगित गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
यसअघि ‘सर्टलिस्ट’मा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मन्त्रालयले शुक्रबार बिहान ८ बजे बोलाएको थियो।
सर्टलिस्टमा रहेका उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि असार पहिलो साता दुई पटकसम्म बोलाउँदा पनि तीन जना अनुपस्थित भएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन।
त्यसपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउनेबारे सिफारिस समितिले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र पठाएर सुझाव मागेको थियो। कार्यालयले प्रक्रिया अघि बढाउन कम्तीमा तीन जनाको नाम सिफारिस गर्नैपर्ने र पाँचमध्ये तीन जनालाई सिफारिस गर्ने या सम्पूर्ण प्रक्रिया नै रद्द गरी नयाँ शुरू गर्ने भन्ने सम्बन्धमा समिति स्वतन्त्र रहेको राय दिएको थियो।
त्यसपछि समितिले प्रक्रिया रद्द गर्यो र नयाँ प्रक्रिया थाल्न अर्को सिफारिस समिति बनाएको थियो। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले भने नयाँ प्रक्रिया थाल्ने कानूनी व्यवस्था नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
सर्वोच्चले नयाँ प्रक्रिया नथाल्न आदेश दिँदै माघ ३० गतेका लागि पेसी तोक्यो। तर पुरानै प्रक्रिया अघि बढाउन मिल्ने महान्यायाधिवक्ताको कार्यालयबाट राय आएपछि अन्तर्वार्ताका लागि तीन जनालाई शुक्रबार बोलाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
