चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।
म्याग्दी– मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो।
केही दिनयता पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए। “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका पर्यटकका कारण चहलपहल बढेको छ,” उनले भने, “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटक पुग्न थालेका छन्।”
सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो।
असोजयता सडकबाट २० हजार ४४६ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताए। जसमा १४ हजार ८५० स्वदेशी र पाँच हजार ५९६ जना विदेशी पर्यटक छन्।
म्याग्दीको सिमानामा रहेको घाँसास्थित प्रहरी चौकीले मुस्ताङ भित्रिने पर्यटकको विवरण राख्दै आएको छ। बेनी–जोमसोम सडक प्रयोग गरी २०८०/८१ मा तीन लाख १८ हजार ८१४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए। २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या तीन लाख तीन हजार ८०० थियो ।
चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङ घुमेका छन्। गत आवको साउन र भदौमा पाँच हजार १७५ जनाले घुमेका थिए। गत आर्थिक वर्षमा एक लाख २१ हजार ३५२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।
ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।
लोमान्थाङका होटल व्यवसायी छेवाङ गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए। “बर्खा सकिन र हिउँद शुरू हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो,” उनले भने, “अन्य समयभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटक आउने गर्छन्।”
विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन्। चाडपर्वको लामो बिदा शुरू भएसँगै आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन्। कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि ५०० डलर शुल्क तिर्नुपर्छ।
गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
