अमेरिकामा हिलिन आँधी: २१० जनाभन्दा बढीको मृत्यु

हिलिन आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन्।

तस्वीर: रोयटर्स

अमेरिकामा आएको हिलिन आँधीका कारण २१० जनाभन्दा बढीको मृत्यु भएको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ।

अमेरिकी उद्धारकर्ताले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन्। हिलिन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ।

सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो। हेलेन आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधीप्रभावित क्षेत्रको हवाई भ्रमण गरेका थिए। त्यसपछि उनले जर्जियाको रे सिटीमा प्रभावितलाई भने, “म तपाईंहरूको अगाडि छु, तपाईंको कुरा सुन्दै छु, दुःखी छु र हामी तपाईंको साथमा छौँ।”