बाढीपीडितले आफूहरूको गुनासो सुन्न कोही नआएको र विद्यालयमा आश्रय लिइरहेको बताएका छन्। तीनै तहको सरकारले गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ।
सुनसरी– जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो। यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो।
बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन। विस्थापित भएकी कुमारीको घरमा शिशुलाई स्तनपान गराउने ठाउँसमेत छैन। आँगनमा हिलो हुँदा खाना पकाउन समस्या छ। अहिलेसम्ममा यहाँका पीडित परिवारलाई कतैबाट सहयोग प्राप्त नभएको पीडित सत्रुघन खत्वेले बताए। बाढीका कारण बबियामा खत्वे टोलका मात्र करिब ४० घरपरिवार प्रभावित छन्।
सुनसरी खोलामा आएको बाढीले इनरुवा– ४ र ९ मा असर पुर्याएको छ। घरमा हिलो र बाहिर पानी भएकाले दिसा पिसाब गर्नसमेत समस्या भएको स्थानीय कुमारी खत्वेको भनाइ छ। बाढीपीडित पाँच दिनदेखि एक छाक भुजा खाएर बसेको विस्थापित अनुशा मरिकले बताइन्। वडा कार्यालयले पीडितका लागि भुजा चिउरा सहयोग गरेको इनरुवा– ९ का अध्यक्ष वसिरमुद्धिन मन्सुरीले जानकारी दिए।
गत साताको अविरल वर्षासँगैको बाढीले घर डुबानमा परेका खत्वे, मरिक र सदा सुकुमबासीको आठ परिवार सबैभन्दा बढी समस्यामा छन्। मजदुरी गरेर खाने उनीहरू बाढीपछि काम नपाउँदा भोकभोकै बस्न बाध्य भएको कुमारीदेवी खत्वेले बताए।
विद्यालयमा आश्रय लिइरहेका बाढीपीडितले आफूहरूको गुनासो सुन्न कोही नआएको बताउँछन्। तीनै तहको सरकारले पीडितलाई गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ। पीडित परिवारलाई दुई दिनअघि मात्र राहत सामग्री वितरण गरेको र कोही भोकभोकै बस्नु नपरेको इनरुवा–४ का वडाध्यक्ष बौवालाल मेहताले दाबी गरे।
पीडितलाई थप सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल भइरहेको उनले बताए। इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्रका बाढीपीडितलाई वडाबाट राहत सामग्री वितरण भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
