काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँ– दशैँका लागि संघीय राजधानी काठमाडौँ छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ। दशैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको हो।
नेपालीको महान् चाड बडादशैँको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेकाहरू घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि शुक्रबार बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार ९५६, ट्रकमा सात हजार ७४९, सानो मोटरसाइकलमा आठ हजार २८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार ३४४ जना गरी जम्मा एक लाख २६ हजार ४३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।
घटस्थापनापछि विद्यालयमा बिदा शुरू भएसँगै नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
“विद्यालय बिदा शुरू भएपछि काठमाडौँ छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ। नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको संख्या पनि थपेका छौँ,” उनले भने।
यात्रुहरूको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रूपमा यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए।
यसैगरी दशैँ मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौँका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ।
काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौँ छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ।
दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने र घर जानेको संख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौँ–धनगढी रुटका बस चालक रमित ओलीले बताए।
“वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन्। यात्रुका कारण निकै चहलपहल बढेको छ,” उनले भने।
हिजो घटस्थापनादेखि काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढेको हो। बिहीबार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारीसाधन र मोटरसाइकल गरी ८२० सवारीसाधनसँगै १३ हजार ५०३ जना काठमाडौँबाट बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनका अनुसार शुक्रबार मध्याह्न १२ बजेसम्म ५४४ सवारीसाधन काठमाडौँ भित्रिएका र त्यसमा सवार ६ हजार ५५४ यात्रु काठमाडौँ प्रवेश गरेका छन्। प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या पनि अधिक रहेको काठमाडौँ प्रहरीले जनाएको छ।
दशैँका लागि यही असोज २३ गतेसम्मका लागि बस काउन्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहज रूपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौँबाट दशैँका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए।
“टिकट काउन्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन्, हामीले टिकट पाउन सकेका छैनौँ। कसरी घर जाने बाटोको अवस्था यस्तो छ। दुःख पाइने भयो,” उनले भने।
उनीजस्तै शुक्रबार नयाँ बसपार्कमा टिकटका लागि यात्रुहरू बिहानदेखि आए पनि सहज रूपमा टिकट नपाएको भन्दै गुनासो गरिरहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
