भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।
काठमाडौँ– सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितलाई राहतका लागि एक अर्ब रुपैयाँ विनियोजित गरेको छ।
शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका प्रभावितलाई राहत दिनका लागि एक अर्ब विनियोजन गरिएको बताएका हुन्। उनले राहतका लागि कोषको आह्वान गरेको, त्यसमा नेकपा एमाले र नेपाली कांग्रेसले सांसदको १५ दिनको तलब दिने निर्णय गरेको बताए।
“राहतका लागि फन्डको आह्वान गरेका छौँ। सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ। अरू दाताहरूबाट पनि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ। साथै, सांसदहरूको पनि नेकपा एमाले र नेपाली कांग्रेसले निर्णय नै गरेको छ। १५ दिनको तलब दिने भनेको छ। यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेका छौँ।”
उनले उद्धारको काम अन्तिम चरणमा पुगेको बताएका छन्। उनले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।
“बीपी राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन्। ती गाडीलाई उद्धार गर्ने पहिलो प्राथमिकतामा रहेको छ। यो काम सकेपछि उद्धारका काम सक्छौँ। त्यसपछि मृतकका परिवारलाई दिने क्षतिपूर्तिको कुरामा पनि सरकारले निर्णय गरिसकेको छ। यसपछि राहत र पुनर्स्थापनाको कुरा छ। पुनर्स्थापनाका सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्दै छ,” उनले भने।
यसका साथै अहिलेलाई बीपी राजमार्गबाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए। “अर्को भनेको पुनर्निर्माणको कुरा छ। यसको सन्दर्भमा प्रारम्भिक अनुमान पनि गरेका छौँ। करिब २० देखि २५ अर्ब पैसा पुनर्निर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा बीपी राजमार्गमा लाग्छ। अहिले बाटो खोल्नका लागि मात्र काम गरिरहेका छौँ। अहिलेलाई बीपी राजमार्गबाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छौँ,” उनले भने।
यातायातको विषयमा पनि चाडपर्व केन्द्रित आवतजावत सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाइ छ। बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत् आयोजनामा परेका असर र सोही कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
