किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले केही दिनअघि पानी परेका कारणले डेंगी संक्रमण बढेको बताए।
काठमाडौँ– देशभर डेंगीबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार ९७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ।
प्रमुख डा. दाहालले केही दिनअघि पानी परेका कारणले डेंगी संक्रमण बढेको बताए। हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगीको संक्रमण देखिएको छ। डेंगीको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ।
डेंगीको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशमा ६ हजार ९२० देखिएको छ।
कोशी प्रदेशमा एक हजार ३२९, मधेशमा २८६, बागमतीमा ४८९, लुम्बिनी ९९५, कर्णालीमा २२० र सुदूरपश्चिम प्रदेशमा ७३६ जनामा डेंगी संक्रमण देखिएको छ।
उपत्यकामा दुई हजार ९९८ जनामा डेंगी संक्रमण देखिएको छ। काठमाडौँ जिल्लामा एक हजार ९८६ भक्तपुर २२३ र ललितपुर ४८९ जनामा डेंगी संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
