हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर तथा सवारीसाधनमा आगलागी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

हाइटीमा शुक्रबार गोली हानाहान हुँदा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको छ।  

पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर तथा सवारीसाधनमा आगलागी भएको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले जनाएको छ। 

अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ। 

“हाइटीको पोन्ट सोन्डे शहरमा बिहीबार ग्रान ग्रिफ गिरोहका सदस्यको आक्रमणबाट हामी आतंकित भएका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले भने।  

 गत हप्ता संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको जनाएको थियो।