छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।
ढोरपाटन– उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। २५० च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले सुनाए।
मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँ–ठाउँमा विश्राम दिँदै उहाँ दशैँको मुखमा च्यांग्रा बेच्न लुम्ले आइपुगेका हुन्। च्यांग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ।
छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन्।
“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिएँ, मुगुबाट नेपालगन्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ,” उनले भने। उनलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ। मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा १८ वटा च्यांग्रा बिक्री गरिसकेका छन्। लामाभन्दा अगाडि केही व्यापारीले च्यांग्रा पोखरा पुर्याइसकेका छन्। अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्यांग्राको माग बढेको उनको अनुभव छ। असोज २२ गतेसम्म सबै च्यांग्रा बिक्री गरेर गाउँ फर्किने योजना छ।
मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्यांग्रा व्यापारमा वर्षौं बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए। मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्यांग्रा ल्याउने गरेका छन्।
“दशैँका बेला पोखरामा बस्ने दाजुभाइले च्यांग्राको मासु धेरै रुचाउनुहुन्छ, उहाँहरूलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुशी लाग्छ,” लामाले भने, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने?, केही न केही काम त गर्नु पर्यो।”
अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामाले बताए। उनको व्यावसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा। उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए।
यस वर्ष च्यांग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रुपैयाँ छ। आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्यांग्रालाई ४२ हजारमा दिने गरेको कर्माले बताए। “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्न सक्छ तर पोखरासम्म ल्याउँदा त्यस्तो महँगो होइन, शहर बजारमा च्यांग्राको माग बढी हुने हुँदा हिमालमै पुगेर ल्याउने गरेका छौँ,” उनले भने।
दशैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्यांग्रा खरिद गरेर ल्याउने गर्छन्। यस वर्ष पनि धेरैको संख्यामा व्यापारी मुस्ताङ पुगी च्यांग्रा लिएर बजार पुग्न थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
