बाढी आएपछि नख्खु खोला दुर्गन्धित भएको छ। ढल फुटेको छ। आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितले बताएका छन्।
ललितपुर– ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्। उनीलाई बाढीका कारण पाएको दुःखसँगै नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी शुरू हुने हो कि भन्ने चिन्ता छ।
बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ। बाढीका कारण ढल फुटेको छ। आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितले बताएका छन्।
खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताए। “ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रूपमा हटिसकेको छैन। महामारी फैलिन्छ कि भन्ने त्रास छ,” उनले भने।
नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए। उनले भने, “विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ। बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने सम्भावना छ। हामी व्यवस्थापनमा जुटेका छौँ।”
हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताइन्। “दुर्गन्ध निकै छ। बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ। गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
