पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
मकवानपुर– पूर्वपश्चिम राजमार्गमा पर्ने हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडीका वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र सांगली जिल्लाका वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुट आकारको आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद उक्त परिणामको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
