दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेस्थित तामाकोशी नदी किनारमा सडक भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।
मन्थली– बाढी र पहिरोका कारण अवरुद्ध भएर तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ।
दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेमा ठाउँमा बाटो तामाकोशी नदी किनारमा भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।
खुर्कोटमा भएको पुल बगाएपछि मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँ आवागमन र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो।
सडक अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन्। अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
