आयोजनाले सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ। बाढीले क्षति पुर्याउँदा सिँचाइमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए।
जनकपुरधाम– असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्याएको हो।
आयोजनाले सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको छ। बाढीले क्षति पुर्याउँदा सिँचाइमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए।
बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूल नहर तथा सर्लाहीतर्फको पूर्वी मूल नहर, शाखा नहर, उपशाखा नहर, हेडवर्क्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्याएको उनले जानकारी दिए।
रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्याएको छ।
यस्तै, सर्लाहीतर्फको पूर्वी मूल नहरको लक्ष्मीपुर शाखा, गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्याएको प्रमुख चौधरीले बताए। विसं २०३५ मा निर्माण शुरू भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
