कञ्चनजंगा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको पहिरोसँगै खसेको ढुंगाले लागेर मृत्यु भएको छ।
काठमाडौँ– कञ्चनजंगा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुंगाले लागेर मृत्यु भएको छ।
फक्ताङलुङ गाउँपालिका– ६ को जापानटारनजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगाले लागेर संखुवावासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तीन जना जापनी नागरिकसहितको ट्रेकिङ समूह कञ्चनजंगा आधार शिविरतर्फ जाने क्रममा पहिरोमा परी राईको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिहान करिब ९ः३० बजेतिर उनको घटनास्थलमै मृत्यु भएको हो। राईको शव सदरमुकाम फुङ्लिङ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कञ्चनजंगा भ्रमणमा जाँदै गरेको टोलीमा तीन जना जापानी पर्यटकसहित पथप्रदर्शक र भरिया गरी १८ जना रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
