पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गएराति बर्दघाट‐४ स्थित दाउन्ने जंगलको खुर्सानी खोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन। सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ।
हाल यात्रुवाहक बस र साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए। उनका अनुसार मर्मत गरेर यातायात सुचारु गरिए पनि सडक भासिने जोखिम कायमै रहेका छ। त्यसैले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुँयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको बताए। उनका अनुसार सडक मर्मत कार्य जारी छ। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भइरहेको छ।
दाउन्नेमा पटक–पटक सडक भासिँदा दशैँ मनाउन घर फर्किँदै गरेका यात्रुले सास्ती खेप्नु परेको छ। यसअघि असोज १४ गते यही ठाउँमा सडक भासिएको थियो। १५ गते रातभर बन्द गरेर सडक मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
