ला लिगा: रियल मड्रिडको अपराजित यात्रा कायमै

रियल नौ खेलबाट २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना समान अंक भए पनि शीर्षस्थानमा छ। 

काठमाडौँ– स्पेनी ला लिगामा रियल मड्रिडले अपराजित यात्रा कायम राखेको छ। रियलले शनिबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भिल्लारियललाई २–० ले हराएको हो। 

घरेलु टोलीको जितमा फेडरिको भाल्भार्डी र भिनिसियस जुनियरले गोल गरे। जारी सिजनमा अपराजित रियलले तीन बराबरी खेलेको छ।

रियल नौ खेलबाट २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना समान अंकसहित शीर्षस्थानमा छ। 

शनिबारकै अन्य खेलमा स्पानयोलले मार्लोकालाई २–१ रायो भालेकानोले रियल भालाडोलिडलाई २–१ र सेल्टा भिगोले लास पाल्मासलाई १–० ले पराजित गरे। गेटाफे र ओसासुनाले १–१ को बराबरी खेल्दै अंक बाँडे।