पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।
काठमाडौँ– पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीको नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’ पुस्तक काठमाडौँमा आयोजित कार्यक्रममा शुक्रबार सार्वजनिक गरिएको हो।
उक्त पुस्तकलाई प्राडा त्रिरत्न मानन्धर, मल्ल के सुन्दर, डा. मदन भट्टराईलगायतले सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै प्राडा मानन्धरले चित्तरञ्जन नेपालीले इतिहास विधालाई नयाँ ढंगले लेख्न शुरू गरेको उल्लेख गरे। पुस्तकमा परिवार, आफन्त, लेखक, साहित्यकार, प्रशासक, समाजसेवीलगायतले आफ्नो संस्मरण लेखेर नेपालीको व्यक्तित्व उजागर गरेको उनको भनाइ थियो।
लेखक तथा भाषाविद् मल्ल के सुन्दरले काठमाडौँको वडा नं. २५ मा राजनीति, समाजसेवा, प्रशासन, शिक्षालगायत विविध विषयमा चर्चित धेरै व्यक्तिको जन्म भएको भन्दै चित्तरञ्जन नेपालीको जन्म पनि यही वडामा भएको जानकारी दिए। आफूले चार दशकभन्दा बढी संगत गरेको स्मरण गर्दै उनले चित्तरञ्जन नेपालीले लेखन र अनुवादको माध्यमबाट नेपाली मात्र नभई नेपालभाषा र संस्कृतमा पनि योगदान दिएको बताए।

पूर्वपरराष्ट्र सचिव डा. मदन भट्टराईले चित्तरञ्जन नेपालीका चार पुस्ताले पहिला जैसीकोठा, मुन्सीखाना हुँदै पछि परराष्ट्र मन्त्रालयमा योगदान दिएको बताए। खम्पा निःशस्त्रीकरणदेखि नेपाल–चीन सीमा सन्धिमा पनि उनको योगदान रहेको डा. भट्टराईले जानकारी दिए। छरछिमेकी, आफन्त तथा परिवारले बोलाउने नाम ‘दाइबा’बाट पुस्तकको नाम राखिनु उचित भएको उनको भनाइ थियो।
प्रकाशक मीनु राजभण्डारीले दाइबाका योगदानहरूलाई एकमुष्ट रूपमा प्रस्तुत गर्न पुस्तक सफल भएको बताइन्। यो पुस्तक चित्तरञ्जन नेपालीको पहिलो पुण्यतिथिमा सार्वजनिक गरिएको हो। ९३ वर्षको उमेरमा गत वर्ष असोज २९ गते उनको मृत्यु भएको थियो।
‘दाइबा : चित्तरञ्जन नेपाली स्मृतिग्रन्थ’मा चित्तरञ्जन नेपालीको लेखन, इतिहास, कृतिका अलावा उनले प्रशासन, कूटनीति र सामाजसेवामा दिएको योगदानको पनि चर्चा छ। त्यसैगरी, उनले आफ्नैबारेमा लेखेका लेख, अनुभवका साथै बाबुराम आचार्य, ऋद्धिबहादुर मल्ललगायत व्यक्तिबारे लेखेका लेख तथा स्मृति समावेश गरिएको छ। यी लेखले त्यसबेलाको राजनीति, प्रशासन, सीमा व्यवस्थापनलगायत विषयमा जानकारी दिएका छन्।
पुस्तकको प्रकाशक मीनु राजभण्डारी र मनीष राजभण्डारी हुन् भने यसको सम्पादन प्रकाश गुरागाईंले गरेका छन्। ६९६ पृष्ठको मूल्य ५०० रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
