बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।
धुलिखेल– बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आइतबार खुलेको छ। सडक खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए।
तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको छ। उक्त सडकमा हाललाई हलुका सवारी मात्र सञ्चालनको अनुमति दिइएको छ।
बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए।
फसेका सवारीमध्ये १३ वटा काठमाडौँ पुगेका छन्। राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मंगलटारमा अलपत्र ५०० भन्दा बढी सवारीलाई गन्तव्यतर्फ पठाइने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
