आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०९ अंकले उकालो लागेर २६५३.५८ को विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७५ अंकले उकालो लागेर ४७६.४६ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ।
आइतबारको कारोबारमा कुल एक करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर ६ अर्ब १३ करोड ८२ लाख छ हजार ७०५ मूल्यमा कारोबार भएको छ।
नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९.७६, इस्टर्न हाइड्रोपावर ९.६८, गुडबिल फाइनान्स ९.२७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.१४ प्रतिशतले कमाएका छन्।
यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९.४३, एनआईसी एशिया सेलेक्ट फन्ड ६.७०, स्वरोजगार लघुवित्त ५.४९ र उपकार लघुवित्तका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
