खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।
खोटाङ– दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रूपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्ने गरी श्रमदानमार्फत मर्मत गरिएको छ।
कच्ची अवस्थामा सञ्चालित बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्म (१० किलोमिटर) सडक अविरल वर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि पुनः सञ्चालनमा ल्याउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायलगायतले दुई दिन लगाएर मर्मत गरेका हुन्।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल यही असोज १२ गते दिउँसो आएको भीषण बाढीले बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्ण रूपमा अवरुद्ध छ।
मोटरेबल पुलका कारण अवरुद्ध सडक मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएपछि प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य रामकुमार राईको नेतृत्वमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा ल्याउन श्रमदान गरिएको हो।
अवरुद्ध सडक सर्वपक्षीय टोलीले दुई दिन लगाएर मर्मत गरेपछि पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए।
“चाडपर्वको पूर्वसन्ध्यामा फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पूर्वी तराईबाट जिल्ला प्रवेश गर्ने सबैभन्दा छोटो मार्गमा पर्ने दिक्तेल–गाईघाट सडक फोक्सिङटार पुलका कारण अवरुद्ध भएपछि विकल्पको रूपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक उपयोग गर्नुपर्ने बाध्यता सिर्जना भयो”, उनले भने, “अविरल वर्षाका कारण दिक्तेल–चखेवाभञ्ज्याङ सडकसमेत हिलो, पहिरो र खाल्डाखुल्डीले हिँड्नै नसकिने गरी बिग्रिएको थियो। कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक अवरुद्ध भएपछि दुई दिन लगाएर ग्राभेल बिच्छ्याइएसँगै यात्रा गर्न मिल्ने बनाएका छौँ।”
अवरुद्ध सडक मर्मतका लागि डिभिजन वन कार्यालय खोटाङ, सिँचाइ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्प लगायतले मेसिनरी औजारमा प्रयोग हुने इन्धन उपलब्ध गराएको थियो। शुक्रबार र शनिबार सञ्चालन गरिएको श्रमदानमा ६०० लिटर डिजेल खर्च भएको जिल्ला समन्वय प्रमुख राईले जानकारी दिएका छन्।
जनप्रतिनिधिले सञ्चालन गरेको श्रमदानमा जिल्लास्थित निर्माण व्यवसायी, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन कार्यालय लगायतले टिपर, डोजर, ट्याक्टरलगायतका उपकरण उपलब्ध गराएको थियो। फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो।
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको उक्त मोटरेबल पक्की पुल असोज १२ गते आएको भीषण बाढीले बगाएको थियो।
खोटांगे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो।
उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले भने, “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो। पुल नहुँदा खोटाङ्गे जनताका लागि दुःखको कुरा हो,” उनले भने, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ। यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
