अनिल साहलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो।
काठमाडौँ– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्सले पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको अक्सनमा अनिलले मूल्य न्यूनतम १० लाख रुपैयाँ राखेका थिए। उनलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।
जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो। आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन्। जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन्।
यसै गरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए। जसमा ‘लक्की ड्र’मार्फत पोखराले पाएको हो।
तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाख रुपैयाँमा विराटनगरले अनुबन्ध गरेको छ। ‘ग्रेड ए’मा रहेका उनलाई प्राप्त गर्न अक्सनमा काठमाडौँ, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो। उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो।
त्यस्तै, लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। विस्फोटक ब्याटरका रूपमा परिचित उनलाई किन्न जनकपुरबाहेक सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए।
मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो। आरिफले न्यूनतम मूल्य १० लाख रुपैयाँ राखेका थिए। अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो। तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो।
यसै गरी, रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आबद्ध भएका छन्। ए ग्रेडमा रहेका उनले न्यूनतम १० लाख रुपैयाँ पाएका छन्। त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले पाँच लाख रुपैयाँ तिरेर अनुबन्ध गरेको छ। अक्सनमा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए। यसै गरी, अलराउन्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्।
युवा ब्याटर ऋत गौतम पाँच लाखमा नै बिक्री भएका छन्। न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो।
आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतिगोयताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ। अक्सन जारी छ।
अक्सनको ग्रेड ‘ए’ न्यूनतम १० लाख र उच्चतम १५ लाख राखिएको छ भने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ। त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम पाँच लाख तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
