रुकुम पश्चिममा ८ किलो अफिमसहित २ जना पक्राउ

रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।

रुकुम पश्चिम– रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।

आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन्।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आइतबार रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन्।