बजारमा मान्छेको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीको भनाइ छ। सर्वसाधारण भने सामान्य खर्चमा दशैँ टार्ने योजनामा देखिन्छन्।
काठमाडौँ– “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसै गरी लोभ्याइरहन्छन्। तर ग्राहकको संख्या भने पातलो छ।
दशैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ। तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ। “दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपालि व्यापार कम छ,” उनले भने।
पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ। यद्यपि फूलपाती शुरू भएपछि व्यापार बढ्छ कि भन्ने उनको झिनो आशा छ।
दशैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नोभन्दा छोराछोरीको खुशी महत्त्वपूर्ण लाग्छ। चिसो मौसम शुरू भएकाले दशैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन्। “आफ्नोभन्दा छोराछोरीलाई दसैँमा खुशी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उनले भनिन्।
ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपालि मूल घर सर्लाही नजाने बताए। बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए। “काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दशैँ मनाउने सोचमा छौँ,” उनले भने, “किनमेल पनि भर्खरै शुरू हुँदै छ।” उनले जाडोको लुगा भने दशैँको पर्व छोपेर खरिद गर्ने गरेको बताए। पर्वमा भारी छुट पाउने हुँदा आवश्यक सामग्री किन मन पर्ने उनले सुनाए।
काभ्रेपलान्चोककी रोशनी तामाङ यो दशैँमा किनमेलमा खासै जोड नदिएको बताउँछिन्। ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दशैँ टार्ने योजना रहेको सुनाइन्। गाउँ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दशैँ मनाउने जाँगर चलेको छैन। दशैँ पनि काठमाडौँमै मनाउने योजना उनको छ। “आफन्त सबै दुःखमा छन्, दशैँ मनाउनु कसरी?” उनले भनिन्।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए। कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै असर बजारमा फेरि देखा परेको उनको अनुभव छ। “मान्छेहरूको चहलपहल त छ तर व्यापार सोचे जस्तो छैन”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
