लेबनानमा इजरायलले आक्रमण तीव्र पारेपछि अस्ट्रेलियाले ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ।
इजरायलले लेबनानमा आक्रमण तीव्र पारेपछि अस्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ। अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार अस्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानमार्फत ९०४ अस्ट्रेलियालीले सोमबारसम्म लेबनान छोडेका हुन्।
यसरी उद्धार भएकामध्ये अस्ट्रेलियाली नागरिक, अस्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको छ।
अस्ट्रेलियाले शनिबार अस्ट्रेलियालीका लागि बेरुतबाट साइप्रसका लागि अस्ट्रेलियाली ध्वजावाहक क्वान्टास र कतार एयरवेजका दुई वटा चार्टर उडान सञ्चालन गरेको थियो। क्वान्टास र कतार एयरवेजले अस्ट्रेलियाली नागरिकलाई लिएर साइप्रसबाट सिड्नीका लागि उडान भरेका थिए।
क्वान्टासको पहिलो उडान आइतबार राति ३४९ अस्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो। अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अस्ट्रेलियालीले लेबनान छोड्न विदेश मामिला विभागमा निवेदन दिएका छन्।
सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियालीलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ। तथ्यांकअनुसार बुधबारसम्म लेबनानमा अनुमानित १५ हजार अस्ट्रेलियाली रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
