नेप्से परिसूचक ३७ अंकले बढेर २६९० को विन्दुमा, ७ अर्बको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमबार ३७.१३ अंकले उकालो लागेर २६९०.७२ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३२ अंकले उकालो लागेर ४८३.७८ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भयो।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर ९.९३, डोल्टी पावर कम्पनी ९.६८, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड ८.८०, जोशी हाइड्रोपावर ८.४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.५९ कमाएका छन्।

यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ। साथै कुमारी सबल योजना ७.४० प्रतिशत, विन नेपाल लघुवित्त ६.१४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ४.०७ प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले ३.७६ प्रतिशतले गुमाएका छन्।