महँगी बढेकाले मलहरूमा चहलपहल कम भएको व्यापारीहरूको अनुमान छ। यही अवस्था रहिरहे व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।
काठमाडौँ– चाडबाडको सिजनमा उपत्यका अधिकांश मलमा ग्राहकको चहलपहल देखिँदैन। दशैँमा नयाँ लुगा किन्ने, आफन्तका लागि किनमेल गरिने गरिए पनि यो वर्ष भने मलहरूमा ग्राहक नआउँदा व्यापार घटेको छ।

विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार भएन। मलमा मानिसहरूको चहलपहल नै नभएको, ग्राहक पनि फाटफुट एक/दुई जना मात्र आउने गरेको उनको भनाइ छ।

हरेक वर्ष क्रमिक रूपमा व्यापार घट्दै गइरहेको अनुभव छ, काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका व्यवसायी मनीष शाहीको। यही अवस्था रहिरहे यो व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने उनी बताउँछन्।

न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएको दीपक अधिकारीको पनि उस्तै अनुभाव छ। उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ। अचाक्ली महँगी बढेकाले मलमा चहलपहल कम भएको उनको अनुमान छ।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
