काठमाडौँमा बढ्यो अधिकांश तरकारीको मूल्य

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

काठमाडौँ– देशभरी आएको बाढीपहिरो र चाडपर्वको आगमनसँगै काठमाडौँ उपत्यकामा अधिकांश तरकारीको मूल्य बढेको छ। गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १४० रुपैयाँ कायम गरिएको छ। 

गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँमा बिक्री भइरहेको छ। आलु रातो प्रतिकिलो  ८०, आलु रातो (भारतीय) प्रतिकिलो ५८ रुपैयाँ कायम गरिएको छ। 

प्याज सुकेको (भारतीय) प्रतिकिलो ११२ रुपैयाँ कायम गरिएको छ। गाजर (लोकल)  प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

प्याजसहित गाजर, मुला, घिउ सिमी, तिते करेला तथा परवर केही सस्तिएको छ। तोरीको साग र पालुंगो साग केही महँगिएको छ। समितिका अनुसार मंगलबार स्थानीय काउली ९०, रातो मुला ५९, सेतो मुला २०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ। 

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।