साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि

प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्।

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्तिक एकदेखि साफ महिला च्याम्पियनसिप आयोजना गर्ने भएको छ। 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी एन्फाले दक्षिण एशियाली फुटबल महासंघ (साफ)को तालिका अनुसार कात्तिक एकदेखि १४ गतेसम्म दशरथ रंगशालामा च्याम्पियनसिप गर्न लागेको जानकारी दिएको हो। 

प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्। प्रतियोगिताको तयारीका लागि नेपाली टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। हाल २७ जना खेलाडी एन्फाको बन्द प्रशिक्षणमा छन् 

एन्फाले प्रतियोगिताको टिकेटिङ अधिकारका लागि सूचना जारी गरिसकेको छ। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको अनुमानित बजेट ४० करोड ६० हजार ८०० रुपैयाँ रहेको छ।