मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ। आइतबार र सोमबार बढेको शेयर बजार मंगलबार घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।
मंगलबार कारोबार भएका सबै उपसमूहको उपसूचक घटेको छ। कुल एक करोड तीन लाख ३० हजार ५०२ कित्ता शेयर ४५ हजार ८७० पटक किनबेच भयो। जसबाट चार अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिन सात अर्ब नौ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्सेका अनुसार मंगलबार मिड सोलु हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी ६.८३, मान्डु हाइड्रो पावर ६.३१, प्रभु स्मार्ट फन्ड ५.९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.४४ प्रतिशतले बढेको छ।
यस्तै, इस्टर्न हाइड्रोपावर ८.५०, बुद्ध भूमि नेपाल हाइड्रोपावर ७.२४, नेपाल फाइनान्स ६.९८, बोटलर्स नेपाल ५.८८ र कालिन्चोक दर्शनका लगानीकर्ताले ५.५० प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
