रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।
चितवन– पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्ज्वल लामा पक्राउ परेका हुन्।
उनको साथमा रहेको बोराभित्र दुई वटा मृत चित्तल राखेको भेटिएको थियो। पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो।
पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ। उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन्।
उनीहरूले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय रत्ननगर, डिभिजन वन कार्यालय, सशस्त्र वन रक्षक टोली र पञ्चकन्या सामुदायिक वनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
उक्त कार्यमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको पौडेलले बताए। वनभित्र गोलीको आवाज सुनिएपछि चित्तल मारेको आशंकामा उनीहरूको खोजी गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
