धौलागिरि आरोहणमा गएका ५ रुसी पर्वतारोहीको मृत्यु

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ।

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ। हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको मंगलबार शव भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो। 

उनीहरू आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। आरोहण समूहका एक जनालाई उद्धार गरी काठमाडौँ पठाइएको छ।