अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा मनसुन पश्चिमी क्षेत्रबाट क्रमशः बाहिरिँदै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म यस वर्षको मनसुन कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। साथै, काठमाडौँ उपत्यकालगायत बागमती र मधेश प्रदेशका पश्चिमी भूभागबाट मनसुन बहिर्गमन भएको छ।
सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो। सरदर मनसुन बाहिरिने दिन अक्टोबर २ (असोज १५ गते) भए पनि यस वर्ष मनसुन बाहिरिन केही ढिलाइ भएको हो।
महाशाखाका अनुसार अहिले मनसुनी वायु कमजोर हुँदै गइरहेको छ। नेपालका बाँकी क्षेत्रबाट पनि केही दिनमै मनसुन बाहिरिने महाशाखाले जनाएको छ। “मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, “मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ।”
महाशाखाले दशैँको विजया दशमीका दिन वर्षाको सम्भावना रहेको जनाएको छ।महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार साताभित्रमा मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस पटक मनसुन बाहिरिने समय र दशैँ एकै पटक परेकाले यो दशैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ।
नेपालमा सामान्यतया मनसुन भित्रिने सरदर मिति जुन १३ (प्रायः जेठ ३० गते) र बाहिरिने अक्टोबर २ (असोज १५ गते) हो। तर यस वर्ष सरदर मितिभन्दा दुई दिनअघि नै मनसुन भित्रिएको थियो। महाशाखाका अनुसार यस वर्ष नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो।
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधि जेठ १९ गतेदेखि असोज १४ गतेसम्म एक हजार ७०६.२ मिलिमिटर वर्षा भएको छ। मनसुनमा यो वर्ष एक हजार ४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
