थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।
काठमाडौँ– सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ। मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो।
पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गरेको थियो। सोही अनुरूप पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हिमाल आरोहणका लागि स्वीकृति दिएको हो।
यसरी आरोहण खुला गरिएका हिमालमा पाँच हजार मिटरभन्दा माथि ६ हजार पाँच सय मिटरसम्म कम उचाइका छन्। विभागले नेपाल पर्वतारोहण संघ (एनएमए)सँगको सहकार्यमा थप हिमाल खुलाइएको हो।
पर्यटन विभाग निर्देशक राकेश गुरुङले थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा कुल ४६१ हिमाल आरोहणका लागि खुला भएको बताए। थप हिमाल खुलेसँगै पर्वतीय पर्यटनमा सकारात्मक सन्देश गएको उनको भनाइ छ।
एनएमएका अध्यक्ष निमानुरु शेर्पाले हिमाल खुलाउने निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए।
“हिमाल खोल्नु भनेको नयाँ गन्तव्य विकास हुनु हो,” उनले भने, “नेपालमा दुई हजारभन्दा बढी आरोहण योग्य हिमाल छन् तिनलाई क्रमशः आरोहणका लागि खुलाउँदै जानुपर्छ।”
अध्यक्ष शेर्पाले सकेसम्म आरोहण योग्य हिमाल खुलाएर बढीभन्दा बढी पर्यटक आकर्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए। उनले आरोहणका लागि खुला गरिएका हिमालसम्म सम्पर्क सञ्जालका लागि पूर्वाधार विस्तारलगायतका काम पनि सँगै अघि बढाइनुपर्ने सुझाव दिए।
आरोहण योग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
