श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ।
श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ। श्रीलंकाली मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि अपिल गर्ने सञ्चारमाध्यमलाई बताएका छन्।
यही अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा १६औँ ब्रिक्स शिखर सम्मेलन हुँदैछ। नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए।
परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलंकाको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ। श्रीलंकाले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए।
ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्था भएका देश ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरी तयार पारिएको संक्षिप्त रूप हो। ब्रिक्स सदस्यहरू क्षेत्रीय मामिलाहरूमा आफ्नो उल्लेखनीय प्रभावको लागि चिनिन्छन्। सन् २००९ देखि ब्रिक्स राष्ट्रका सरकारहरू वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
