यस दिवसका अवसरमा आज हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ।
काठमाडौँ– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
हरेक वर्ष ९ अक्टोबरमा विश्व हुलाक संघको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्व हुलाक संघका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक संघ स्थापनाको १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने राष्ट्रभरका मानिसलाई सशक्त बनाउने १५० वर्ष’ भन्ने नारासहित यस वर्षको हुलाक दिवस मनाइँदैछ।
दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ। विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम रहेको छ।
सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरू गर्ने औपचारिक घोषणा गरिएको थियो।
नेपालमा विसं १९३५ सालमा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा शुरू भएको थियो। नेपालले विसं २०३१ (सन् १९७४)मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ।
आज पनि विश्वभरि ५० लाखभन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने काम गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
