६५ वर्षको उमेरमा २५ वर्षको जवान देखिने रहर साँच्चिकै पूरा हुने भए के होला? मान्छेको यही रहरको फाइदा उठाएर भारतको एक जोडीले करोडौँ रुपैयाँ ठगेको छ।
एउटा भनाइ नै छ, ‘मान्छे लामो समय बाँच्न चाहन्छ तर बुढो हुन चाहँदैन।’ ६५ वर्षको उमेरमा २५ वर्षको जवान देखिने रहर साँच्चिकै पूरा हुने भए के होला?
मान्छेको यही रहरको फाइदा उठाएर भारतको एक जोडीले करोडौँ रुपैयाँ ठगेको छ। बुढेसकालमा जवान देखिने दाबी गर्दैै कानपुरका राजीव दुबे र उनकी श्रीमती रश्मी दुबेले ३५ करोड भारु (५६ करोड नेरु) ठगी गरेका हुन्। राजीवले जीम हल चलाउँछन्।
यस दम्पतीले इजरायलबाट २५ करोड रुपैयाँको मेसिन अर्डर गरी अक्सिजन थेरापी गरेको र त्यसले गर्दा आफूहरू पनि ६५ वर्षको उमेरमा २५ वर्षको देखिएको दाबी गर्दै आएका थिए।
हुन पनि यो जोडी देख्नमा निकै सुन्दर र खुसी स्वभावको थियो। जसका कारण मानिसहरूले सजिलै उनीहरूको कुरामा विश्वास गरे। उनीहरूले मेसिन इजरायलबाट नभई कानपुरमै बनाएका थिए।
उनीहरूले एक इन्जिनियरसँग ४० लाख रुपैयाँ उक्त मेसिन बनाउने सम्झौता गरेका थिए। ती इन्जिनियरले प्रहरीसामु उक्त मेसिन बनाउन आफूलाई ६ महिना लागेको र अझै मेसिन बनाएको २८ लाख रुपैयाँ लिन बाँकी रहेको बताएका छन्।
उनीहरूले साकेत नगरमा ‘रिभाइभल वर्ल्ड’ नामक संस्था नै खोलेर जवान बनाउने नाममा ठगी गर्दै आएका थिए। स्वरूप नगर निवासी रेणु सिंह चन्देलले गत सेप्टेम्बर २० मा दुबे दम्पतीविरुद्ध प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। त्यसयता आरोपित दम्पती विरुद्ध उजुरी पर्ने क्रम जारी छ। हालसम्म करिब २० जनाले उजुरी दिएका छन्। अहिले प्रहरीले जिम र रिभाइभल वर्ल्डलाई सिल गरेको छ।
कानपुर कमिसनरेट पुलिसले यस सम्पूर्ण मामिलामा अनुसन्धान गर्न आठ सदस्यीय एसआईटी गठन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
