बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। तर कारोबार रकम भने घटेको छ।
काठमाडौँ- दशैँअघिको अन्तिम दिन नेप्से सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ अंक पुगेको छ।
बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। कारोबार रकम भने घटेको छ। दिनभरमा ३ अर्ब ७६ करोड रुपैयाँ कारोबार भएको छ। अघिल्लो दिन साढे ४ अर्बको कारोबार भएको थियो। नेप्से भने २७ अंकले घटेको थियो।
बुधबार लगानीकर्ताले २९४ कम्पनीको ८३ लाख १२ हजार कित्ता सेयर कारोबार गरेका छन्। जसमा १३० वटा कम्पनीको मूल्य बढेको छ भने १०२ वटाको मूल्य घटेको छ।
दुई वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। मिडसोलु हाइड्रो र युनाइटेड मोदी हाइड्रोको सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो। अप्पर स्यांगे हाइड्रो र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ९ प्रतिशतले बढेको छ।
थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। कारोबारको आधारमा नेपाल फाइनान्स अगाडि देखियो। यो कम्पनीको २२ करोडको सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
