टाटालाई सोमबार मात्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनलाई उमेरजन्य रोग र उच्च रक्तचापको समस्या थियो।
भारतका प्रसिद्ध उद्योगपति तथा टाटा समूहका मानार्थ अध्यक्ष रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा बुधबार राति उनको निधन भएको हो।
उनलाई सोमबार मात्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनलाई उमेरजन्य रोग र उच्च रक्तचापको समस्या भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यम द हिन्दूको अनलाइन संस्करणले जनाएको छ।
उनको निधनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यक्तित्व गुमाएको बताएकी छन्। प्रधानमन्त्री मोदीले टाटा दूरदृष्टि भएका उद्योगपति भएको बताएका छन्। टाटाले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको मोदीले स्मरण गरेका छन्।
रतन टाटाको जन्म १९३७ डिसेम्बर २८ मा भएको थियो। उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा खर्च गर्ने गरेका थिए। भारत सरकारले उनलाई पद्म विभूषणले सम्मान गरेको थियो।
टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेसनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
