यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायीको भनाइ छ।
काठमाडौँ– काठमाडौँ उपत्यकाबाट अहिलेसम्म आठ लाख यात्रु दशैँ मान्न बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंकका अनुसारका यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ।
यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको महासंघका अध्यक्ष विजय स्वारले बताए।
“सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौँमै दशैँ मान्ने योजनामा छन्, कयौँ त हवाई यात्राबाट पनि गएका छन्।”
उनका अनुसार शुक्रबारसम्म दशैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने छ। समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ। “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भने।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगतासाथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
