आपत्कालीन अवस्थाबाहेक इमरजेन्सी ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउन सक्ने प्रवक्ता कर्णको भनाइ छ।
काठमाडौँ– वडादशैँमा यात्रुको चाप बढिरहेका बेला विगत केही दिनदेखि यात्रुले हवाईजहाजका इमरजेन्सी डोअर(आपत्कालीन ढोका) खोलेका घटना सार्वजनिक भएका छन्।
बुद्ध एयरमा यात्रा गरिरहेका केही यात्रुले आपत्कालीन ढोका खोल्ने क्रम बढेपछि एयरलाइन्सले आपत्ति प्रकट गरेको छ। बुद्ध एयरका अनुसार अक्टोबर २ का दिन विराटनगरबाट काठमाडौँ आउँदै गर्दा एक यात्रुले आपत्कालीन ढोका खोलेका थिए।
त्यस्तै, अक्टोबर ७ का दिन नेपालगन्जबाट काठमाडौँ र बिहीबार फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको इमरजेन्सी ढोका यात्रुले खोलेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए।
उडान प्रक्रियालाई नै अवरुद्ध पर्ने गरी ढोका खोलेपछि उडान तालिकालाई थप प्रभावित बनाएको उनको भनाइ छ। मैदानमै रहेको जहाजको ढोका खोलिएको दश दिनको दौरानमा तेस्रो घटना भएको उनले जानकारी दिए।
बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो। आपत्कालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रूपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। तर आपत्कालीन अवस्थाबाहेक ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्याउने सम्भावना रहेको प्रवक्ता कर्णको भनाइ छ।
बिहीबार बिहान भने विराटनगर विमानस्थलमा यात्रुले आपत्कालीन ढोला खोलेको उनले बताए। उक्त जहाज हाल टेक्निकल टिमले चेकजाँच गरिरहेको छ। यात्रुहरूले भने बुद्ध एयरको जहाजमा समस्या आउने गरेको बताएका छन्।
बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको उनले बताए। हवाई उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरि जन्मकैदसम्म सजाय हुने प्रावधान रहेको प्रवक्ता कर्णले जानकारी दिए।
उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्। हाल घटेका तीन वटा घटनामा संलग्न यात्रुहरू सामान्य अवस्थाका रहेको बुद्ध एयरले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
