दशैँघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

काठमाडौँ– बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ। बिहीबार साँझको शुभ साइतमा हर्षबढाइँसाथ गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याइएको हो। बिहीबार बिहान गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको थियो। गोरखाबाट पठाइएको फूलपाती हर्षबढाइँसाथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ। गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरू गरेयता यस्तो प्रचलन शुरू भएको हो। हेर्नुहोस् तस्वीरहरू