हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्।
लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्। स्विडिस एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि नोबेलबाट सम्मानित गरिएको हो।”
लघुकथा लेखक एवं उपन्यासकार हान उनको पुस्तक ‘द भेजिटेरियन’का लागि सबैभन्दा बढी चर्चित छन्। सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अंग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो।
तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामको विवरण दिन्छ।
“धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारसँग भनिन्, “हान काङले वास्तवमै तीव्र काव्यात्ममक गद्य लेख्नुहुन्छ जुन कोमल र निर्मम दुवै छ र कहिलेकाहीँ केही अतियथार्थवादी छ।”
हानको सन् २०१४ को उपन्यास ‘ह्युमन एक्ट्स’ सन् १९८० मा दक्षिण कोरियाली सेनाद्वारा गरिएको नरसंहारबाट प्रेरित थियो। यो लोकतान्त्रिक विद्रोहबीच एक युवकको मृत्युको बारेमा छ।
दुई वर्षपछि उनले ‘द ह्वाइट बुक’ प्रकाशित गरिन्। उक्त पुस्तक जन्मेको केही घण्टापछि बितेकी उनकी जेठी बहिनीलाई समर्पित गरिएको छ। उक्त पुस्तकमा एकेडेमीले उनको ‘काव्यात्मक शैली’बारे उल्लेख गरेको छ।
एकेडेमीले हानको सन् २०१० को पुस्तक ‘द विन्ड ब्लोज, गो’ लाई ‘मित्रता र कलाकारिताको बारेमा जटिल उपन्यास भन्दै उपन्यासमा दुःख र परिवर्तनका लागि तीव्र चाहना प्रबल रूपमा उपस्थित छ’ भनी वर्णन गरेको छ।
सन् २०१३ देखि सन् २०१७ सम्म पार्क गन–ह्येको राष्ट्रपतिकालमा सरकारको आलोचनाका लागि कालोसूचीमा राखिएका नौ हजारभन्दा बढी कलाकारमध्ये हान एक थिइन्।
ती कलाकारले उदारवादी विपक्षी दलको समर्थन गरेका थिए। पार्कको रूढिवादी सरकार र यसका नीतिगत असफलताको आलोचना गरेका थिए।
बिहीबारको हानको नोबेल पुरस्कार विजयले पुरस्कारको प्रतीक्षामा रहेकालाई आश्चर्यमा पारेको छ। किनकि घोषणाअघिको अनुमानमा उनको नाम थिएन।
गत वर्ष यो पुरस्कार नर्वेली नाटककार जोन फोसेलाई दिइएको थियो। उनका नाटक विश्वमा कुनै पनि समकालीन नाटककारका नाटकमध्ये सबैभन्दा बढी मञ्चन गरिएका छन्।
लामो समयदेखि पश्चिमी गोरा पुरुष लेखकको अत्यधिक प्रतिनिधित्व भएको भन्दै आलोचना गरिएको थियो।
स्विडिस एकेडेमीले सन् २०१८ को मिटु प्रकरणपछि पुरस्कार वितरणमा आमूल सुधार ल्याएको छ। अधिक विश्वव्यापी तथा लैंगिक समानता कायम गरी पुरस्कार प्रदान गर्ने एकेडेमीले प्रतिज्ञा गरेको छ।
उक्त प्रकरणपछि एकेडेमीले हानसहित फ्रान्सकी एनी एर्नाक्स, अमेरिकी कवि लुइस ग्लक र पोल्यान्डकी ओल्गा टोकार्चुक गरी चार महिलालाई सम्मानित गरेको छ। पुरुषमा अस्ट्रियाली लेखक पिटर हान्डके, तान्जानियाली लेखक अब्दुलराजाक गुर्नाह र नर्वेली फोसे सम्मानित भएका छन्।
नोबेल पुरस्कार विजेताले डिप्लोमा, सुनको पदक र १० लाख डलरको पुरस्कार राशि प्राप्त गर्छन्। हानले डिसेम्बर १० मा स्टकहोममा राजा कार्ल सोह्रौँ गुस्ताफाबाट पुरस्कार प्राप्त गर्ने छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
